लुम्बिनी प्रदेशमा फागुन सम्म सवैले खोप लगाउछन्ः स्वास्थ्यमन्त्री थारु

बुटवल ।लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो ।
सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनु भयो । उहाँले ८५ प्रतिशत लाई पहिलो खोप लागएको र दोश्रो खोप ७० प्रतिशतलाई लगाइसकेको समेत जानकारी दिँदै १२ देखी १७ वर्ष सम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताए । उहाँले फागुन सम्ममा सवैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताउनु भयो ।
उहाँले खोप प्रति ग्रामिण भेगका नागरिकमा चेतनाको समस्याले गर्दा खोप लगाउनेको संख्या पुर्ण हुन नसकोको समेत बताउनु भयो । स्थानिय तहको संवन्यमा नागरिकलाई खोजि खोजि खोप लगाउने तयारी गरिरहेको बताउनु भयो । मन्त्री थारुले जिल्लामा नियमित खोप लगाउने केन्द्रको स्थापना गरि खोप लगाउने योजना रहेको बताउनु भयो ।
प्रदेश सरकारले नागरिक समाज , स्थानिय तह , सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा माहामारी नियन्त्रणलाई गर्नु पर्ने बताउनु भयो ।
पुर्व स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोज प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भिर नभएको आरोप लगाउनु भएको छ । उहाँले नागरिकलाई खोपलगाउने विषय ,कोभिड नियन्त्रण तथा व्यवस्थापन , स्थानिय पालिकासंग सम्वन्य र परिचालनको साथै कर्मचारी परिचालनमा कडाई साथ नलागेको आरोप लगाउनु भयो ।
उहाँले प्रतिपक्षले महमारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यन्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउदैँ बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गर्न नहुने बताउनु भयो ।
उहाँले अहिलेको सरकारले निजि क्षेत्र संग सहकार्य नगर्ने , स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने वातावरणा नबनाउने र विगतका कानूनी जटिलतालाई पनि सुधार गर्न नसके स्वास्थ्य जोखिम बढेर जाने औँल्याउनु भयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले तेश्रो भेरियन्ट आउछ भन्ने थाहा हुँदा हुँदै पनि पार्टिहरूको महाधिवेसन लगाएतका गतिविधीले अहिले फेरी संक्रमितको संख्यमा बृद्धि हुँदै गएको र जोखिम बढेको बताउनु भयो ।
उहाँले कोरोना नियन्त्रण , व्यवस्थापन तथा पुर्व तयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप लगाउनु भयो । खनालले नागरिक समाज , स्वास्थ्यकर्मीहरू , नागरिक संस्थाहरूसंग सहकार्य गरेर अगाडी नबढेको आरोप लगाउदै स्वास्थ्यकर्मीहरूलाई बढि कोरोना प्रभावित भएको हुँदा स्वास्थ्यकर्मीहरूको अभाव हुन सक्नेतर्फ पनि संकेत गर्नु भयो ।
लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेल महामारीमा निजि स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरुलाई उपेक्षा गरेको आरोप लगाउनु भयो । उहाँले कोभिडको यस्तो महामारीमा पनि सरकारले निजि क्षेत्रलाई दिने सहुलियत नदिएको, परिचालन र सम्वन्य नगरेको बताउनु भयो । उहाँले निजि मेडिकल कलेजसंग जनशक्ति रहेको हुँदा कोरोना खोप केन्द्रको रूपमा पनि निजि मेडिकल कलेजसँग सहकार्य गर्र्न आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समय सरकारले मेडिकल कलेजले पारामेडिकल्स र नर्सिङ पढाउन नपाउने कानून ल्याएको भन्दै यसले स्वास्थ्य जनशक्ति उद्पादनमा पनि ठुलो असर गर्ने भएकाले सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले निजि संस्थाहरुले सरकारको निति अनुसार बिमाको सुविधा दिने गरेको तर सरकारबाट बिमाको पैसा समेत नपाएको गुनासो गर्नुभयो । उहाँले पछिल्लो समयको महामारीले गर्दा बैकहरूबाट सुविधा नपाएको र निजी संस्थाहरु धारासायी भएर बन्द हुने क्रममा रहेको बताउनु भयो ।
नेपाल जनस्वास्थ्यकर्मी संघकी केन्द्रिय सह कोषाध्यक्ष उमा थापाले बिश्वनै कोरोनाबाट आक्रान्त भैरहेको समयमा स्वास्थ्यकर्मीहरूले चौबिसै घण्टा खटेर काम गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरुले ओभर डिउटी गर्दै स्वास्थ्य सेवामा लागेको भएपनि सरकारी तहबाट मुल्यांङ्कन हुन नसकेको गुनासो गर्नुभयो ।
निजि संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा जोखिम भत्ता समेत अहिले सम्म सरकारले उपलब्ध नगराएको भन्दै गुनासो पोख्नु भयो ।कार्यक्रम रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री र तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !