प्युठानको कुडापानी जिप दुर्घटना ३ को मृत्यु,१२ घाइते

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।र्घटनामा प्युठान नगरपालिका वडा नम्बर ५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, निजकी श्रीमती ४६ वर्षिया बच्ची थापा, सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो । घटना स्थलमा नेपाल प्रहरी स्थानीय बासी जनप्रतिनिधिले घाईतेको उद्घार गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close