अर्घाखाँची र प्युठानमा ३३ जनामा एचआइभी पुष्टी

सागर महत,सन्धिखर्क ।
अर्घाखाँची र प्युठानमा ३३ जनामा एचआइभी सङ्क्रमित पुष्टी भएको छ ।जसमध्ये प्युठानमा १७ र अर्घाखाँचीमा १६ जनामा एचआइभी सङ्क्रमित पुष्टी भएको मल्लरानी ग्रामिण बिकास सरोकारा केन्द्रले जनाएको छ ।
पछिल्लो ४ वर्षमा प्युठानमा मुख्य कार्यालय र अर्घाखाँचीमा शाखा कार्यालय रहेर काम गरेको उक्त संस्थाले संकलन गरेको संख्या ३३ रहेको अर्घाखाँची शाखा प्रमुख गिता भुसालले जानकारी दिनुभयो ।
एचआइभी रोकथाम सम्बन्धी सरोकारवालाहरुसंग को सन्धिखर्कमा भएको अन्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
रोजगारीका लागि भारत गएर फर्किएकाहरुलाई केन्द्रित गरेर परिक्षण गर्दै आएको बताउनुभयो । सोहि संस्थाले ग्लोबल फण्डको सहयोगमा एचआइभी तथा टि भि रोग रोकथाम र सचेतना कार्यक्रम गर्दैै आएको समेत बताउनुभयो ।अर्घाखाँचीका जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाले एचआइभी सङ्क्रमित जुनसुकै समुदायमा पनि हुने भएकाले सबैले चेक जाँच गर्न आवश्यक रहेको बताउनुभएको छ । एक क्षेत्र मात्र केन्द्रित रहेर काम गर्ने संघ संस्थालाई आगामी दिनमा हरेक समुदायमा चेकजाँच आवश्यक रहेको समन्वय प्रमुख कोईरालाको भनाइ छ ।
।जिल्लाका सबै पालिकामा कार्यक्रम संचालन गरेर त्यसको परिणाम देखाए पनि थप परिणाम देखाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयकी प्रशासकिय अधिकृत दुर्गा न्यौपाने, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले सुभकामना मन्तव्य राख्दै अब को ७ महिनाको अवधिमा पनि समुदाय रहेर परिणाम मुखी कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षता मल्लरानी ग्रामिण बिकास सरोकार कृन्द्रका कार्यकारी अधिकृत विजय कुमार श्रेष्ठको स्वागत मन्तव्य गिता भुसालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !