नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिकका अध्यक्ष भुसालले दिए मतदातालाई धन्यवाद

काठमाडौlनेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक का अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अध्यक्ष पदका उमेदवार गणेश प्रसाद भुसालले शुक्रबार सम्पन्न भएको ट्रेड युनियनको सम्पन्न निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिएका छन् । मतदान सकिए लगत्तै एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक का अध्यक्ष युवा नेता भुसालले ले निकै सहज वातावरणमा सक्रिय रूपमा मतदाता कर्मचारी हरुले मतदान गरेको भन्दै धन्यवाद दिएका हुन्। नागरिक उड्डयन प्राधिकरण को निर्वाचन मा देशभरका विमान स्थल हरुमा रहेका ६१३ जना मतदाताहरु ले यो निर्वाचन मा भाग लिएका छन । सम्पूर्ण कर्मचारी मतदाता साथिहरु अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनु भएको छ ।

आजको निर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले हाम्रो सगठन प्रति तपाईंहरुको विश्वासले थप उत्साह थपेको छ । यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न थप प्रेरणा मिलेको छ’ अध्यक्ष पदका उमेदवार भुसालले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
भुसालले मतपेटिका काठमाडौ मा सङकलन भईरहेकोले मतगणना समेत मा सहभागी बन्न लोकतान्त्रिक का कर्मचारी हरुलाई अनुरोध गरेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close