कुशे औंसी , बाबुको मुख हेर्ने दिन

काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ। यसैबीच, बुबाको मुख हेर्ने दिन पनि आज शनिबार नै परेकाले छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् ।
यसैकारण आज शनिबारको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।कुशे औँसीसँग कुशको विशेष सम्बन्ध रहेको छ । विभिन्न धार्मिक कार्यहरू कुशको औँठी बनाएर दाहिने हातमा लगाउने गरिन्छ । हिन्दुहरूले आफ्नो घरमा कुश राख्ने चलन शताब्दी अगाडिको हो । कुशको वैज्ञानिक महत्त्व पनि उतिकै रहेको छ । कुशे औँसीले पर्यावरण संरक्षणको महत्त्व दर्साउँदछ । अग्निस्थापनाको वेदीको वरिपरि पन कुश विछ्याइन्छ । कर्मपात्र बनाउने काम होस् वा शुद्धता र पवित्रताका लागि जल छर्कने कार्यक्रम होस्, जहाँ पनि कुशको प्रयोग गरिन्छ ।
कमेन्ट गर्नुहोस !