सन्धिखर्क नगरपालिकाको १० औं नगरसभा सम्पन्न

सागर महत/ अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाको १० औं नगरसभा आज सम्पन्न भएको छ । नगरप्रमुख तथा नगर सभाका सभाध्यक्ष कमलप्रसाद भुसालले पानसमा दीप प्रज्वलन गरेर सभाको उद्घाटन गर्नुभएको थियो ।नगरसभा प्रारम्भ भएको नगरप्रमुख भुसालले घोषणा गरेपछि शून्य समयमा नगरसभाका सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।धारणा राख्नेहरुले करिव ५ वर्षको अवधिमा धेरै कुरा नगर बाट सिकेको र विकास निर्माणको कामको लागि पनि नगरपालिका भित्र अधिकामश काम सबैको सहकार्यमा सम्पन्न भएको र आगामी दिनमा थप नगरपालिका भित्रको विकासको लागि सहकार्य गर्ने लगायतका धारणा राखेका थिए ।
यता यस अघि नगरपालिकाको करको दायरा २ करोड ५० लाख रहेकोमा त्यस लाई बढाएर ३ करोड २५ लाखको लक्ष्य राखिएको छ ।
शवदहान व्यवस्थापन लगायतका योजनाले बजेट समावेश गरिएको हो । यस्तै शोधित आय–व्यय अनुमान प्रस्तुत गर्नुको साथै आर्थिक ऐन,बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन बिधेक,संस्था दर्ता लगायतका बिधेकहरुनगर उपप्रमुख ठाकुर कुमार विक, नगर प्रबक्ता लिलाराम गौतम र वडा अध्यक्ष ध्रुब आचार्यले प्रस्तुत गरेका विधेयक तथा ससोधन तथा जानकारीका विषयहरु सर्ब सहमत रुपले पास गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।कार्यक्रममा योजना शाखा प्रमुख नारायण पोखरेल,नगरसभामा, वडाअध्यक्ष, सदस्यहरु तथा सम्पूर्ण नगरसभाका सदस्यहरुको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !