नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाण्डौं ।नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनुभयो।जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो।

जोशीको उपचारमा अस्पतालका डाक्टर राजिब झा नेतृत्वको टोली सक्रिय थियो।जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डाक्टर झाले बताएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close