पाणिनी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ६१ घरधुरी काँग्रेसमा प्रवेश

अर्घाखाँची ।गाउँपालिकामा काँग्रेसको किल्ला बनाउने अभियानमा लाग्नुभएका नेपाली काँग्रेसका जिल्ला सचिव तथा पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गौतमले पार्टि प्रवेश अभियान लाई निरन्तरता दिनुभएको छ। जस अन्तर्गत पाणिनी गाउँपालिका वडा नम्बर ४ पटौटीमा ६१ घरदुरी लाई एक कार्यक्रमका बिच प्रवेश गराउनुभएको हो ।विभिन्न पार्टी परित्याग गरि पार्टीमा प्रवेश गर्ने नवप्रवेशीहरूलाई स्वागत गर्दै जनताको पक्षमा काम गर्ने बताउनुभयो ।
उहाँले यो अभियान लाई अब जिल्ला भरि नै विस्तार गर्दै लैजाने समेत बताउनुभयो ।यस अघि प्रदेश ख बाट क्षेत्रिय सभापति रहनुभएका गौतमले भर्खरै सम्पन्न महाधिवे्शन बाट जिल्ला सचिवमा निर्वाचित हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !