कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न

सन्धिखर्क ,साउन ३० ।कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रमले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै महिला कर्मचारीहरूबीच आपसी मेलमिलाप, समन्वय र सञ्जाल विस्तारमा टेवा पु¥याएको जिल्ला समन्वय समिति अर्घाखाँचीकि उपप्रमुख लक्ष्मी (शर्मा )ज्ञवालीले बताउनुभयो ।

विशेष गरि पुरानो गीत संगितका भाका नभुल्न आग्रह गर्नुभयो ।कार्यक्रममा महिला दिदीबहिनीको पर्वमा यसको महत्वबारे हरेक समुदायमा बुझाउन आवश्यक रहेको को प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयो । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरू, तीजका गीतहरूमा आधारित नृत्य गरिएको कर्मचारी मिलन केन्द्र अर्घाखाँचीकी अध्यक्ष दुर्गा न्यौपानको भनाई छ।

कर्मचारीको तर्फबाट आधिकारीक टे्रड युनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्माले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सरकारी कार्यालयका कर्मचारीहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी महिला तथा अन्य अतिथिहरूको सहभागतिा रहेको कार्यक्रम कर्मचारी मिलन केन्द्रका सचिव गणेशराज पौडे्लको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close