कपिलबस्तुबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खस्यो,६ को मृत्यु

धादिङ। कपिलबस्तुबाट काठमाडौं तर्फ जाँदै गरेको बस पृथ्वी राजमार्गको घाटबेसीमा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमा मृत्यु भएको छ ।
लु २ ख २१२१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसमा सवार मध्ये ३५ जनाको जीवितै उद्दार गरिएको हाम्रा धादिङ संवाददाता शिव शिलवालले जनाएका छन् । बसमा ४१ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस !