कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान

काठमाण्डौं ।नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । तीन मतदान स्थलमा १ हजार १ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । एक मतदाताले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने छ ।मतदानका लागि भृकुटी मण्डपभित्र दुई र राष्ट्रिय सभा गृहमा एक मतदान स्थल स्थापना गरिएको हो ।
कांग्रेस केन्द्रीय प्रचार समितिका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ ।मतदानका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमण्डप प्रांगणमा २ सय ९३ बुथ र भृकुटीमण्डपको हलमा ५ सय १४ बुथ राखिने भएको छ । मतदान आज वेलुका ५ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका निर्वाचन समितिले जनाएको छ। शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ६१ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close