एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदै

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। त्यसका लागि ओली हिजै चितवन पुग्नुभएको छ भने अन्य एमाले नेताहरु पनि चितवन पुगेका छन् ।आज दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम हुन गैरहेको छ।महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आएको जनाईएको छ ।उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताउनु भएको छ । उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट जुलुसहरु निकाल्ने कार्यक्रम रहेको पनि भट्टराइले जानकारी दिनुभयो ।सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाले गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ।उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने जनाईएको छ। बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने छ।
कमेन्ट गर्नुहोस !