सन्धिखर्क नगरपालिकामा ७ करोड ७९ लाखमा कोल्डस्टोरको भवन निर्माण हुँदै

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ हटारीमा कोल्डस्टोर भवनको शिलान्यास गरिएको छ।विधिबत रुपमा पुजा गरि नगरप्रमुख कमल प्रसाद भुसालले शिलान्यास गर्नुभएको हो ।कोल्ड स्टोरबाट सन्धिखर्क नगरपालिकाले मात्र नभई जिल्लाका सबै पालिकाका कृषकले प्रत्यक्ष लाभलिन सक्ने नगरप्रमुख भुसालले बताउनुभयो ।जिल्लामा कोल्डस्टोर नहुँदा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल लगायतका कृषिजन्य सामग्री लामो समय सम्म राख्न नसक्दा किसान नष्ट गर्न बाध्य थिए ।सोहि बमोजिम किसानको माग सम्बोधन गरेको भुसालले बताउनुभयो ।
यस्तै उत्पादन क्षेत्रमा किसान लाई टेवा पुग्ने र किसानले सोही अनुसार उत्पादनमा लाग्न उत्साह हुने नगरउप्रमुख ठाकुर कुमार बि.क ले बताउनुभयो ।१७ वटा सटर २ वटा च्याम्वर कोल्डस्टोर सहितको भवन ७ करोड ७९ लाख ४७ हजार २ सय ७ रुपैँयामा लुम्बिनी अर्घाखाँची जे.भी कम्पनीले ठेक्का लिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । ३५ टन भन्दा बढी क्षमता भएको कोल्डस्टोरमा भवन यही आर्थिक वर्षको चैत्र सम्ममा निर्माण सम्पन गर्ने लक्ष्य राखिएको नगरपालिकाका योजना शाखा प्रमुख नारायण पोखरेलले जानकारी दिनुभयो ।
जिल्लाका वरिष्ठ कृषक पुस्करनाथ बन्जाडेका अनुसार यो सेवा विस्तार भएपछि कृषकले उत्पादन गरेका बस्तुहरुमा सहकार्य गर्न सजिलो हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे,प्रहरी नायव उपरिक्षक उमर बहादुर थापा लगायतको सहभागीता रहेको कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको संचालन गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !