ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीद्वारा बसका चालक तथा सह– चालक लाई सचेना कार्यक्रम

अर्घाखाँची ।जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्कमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविण आचार्यको नेतृत्वमा भएको सचेतना मुलक कार्यक्रममा पश्चिम नेपाल बस ब्यबसायी प्रा .लि मा आबद्ध बसका चालक तथा सह– चालक हरु गरी २ पटकमा करिव ५५ जनालाई बसपार्कमा जम्मा गरी सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु, हिउदको समयमा सडकमा सित, तुसारो परी सडक चिप्लो भई हुन सक्ने सम्भाबित दुर्घटनाको बारेमा जानकारी तथा अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !