एमसीसी जनभावना अनुसार पास हुन्छ : अध्यक्ष नेपाल

सागर महत/ अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग (एमसीसी) जनताको भावना अनुसार मात्र पास हुने बताउनुभएको छ ।पार्टीले सन्धिखर्कमा गरेको कार्यकर्ता भेलामा नेता नेपालले राष्ट्रिय सहमतिविना एमसीसी अनुमोदन नहुने स्पष्ट गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जबरजस्ती एमसीसी पास गर्न खोज्दा आफूहरू रोक्न सफल भएको उहाँको तर्क छ ।अब हुने उप–चुनावमा पनि पाँच दलिय गठबन्धन कायम रहने दावी गर्दै उहाँले चुनावलाई कम खर्चिलो बनाउने दृष्टिले मितव्ययी प्रणाली अपनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

नेता नेपालले एमाले अध्यक्ष ओलीको राजनीतिक भविष्य सकिएकाले नै तानाशाही शैलीमा महाधिवेशन सम्पन्न गरेको टिप्पणी गर्नुभयो ।कार्यक्रममा पार्टीका केन्द्रीय सचिब तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत बिस्वासी,लुम्बिनी प्रदेश अध्यक्ष तथा सांसद मेटमणी चौधरी, लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम नेकपा एस अर्घाखाँचीका संयोजक रामबहादुर चौहानको अध्यक्षता,शिद्धि भुसालको स्वागत मनतब्य र युबराज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

May be an image of one or more people, people sitting and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close