अबदेखि नेपालीको हातमा ई–पासपोर्ट

काठमाडौं । नेपालमा आजदेखि राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिनेछ ।परराष्ट्रमन्त्री नारायण खड्काले दिउँसो २ बजे एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्। विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ ।file photo
कमेन्ट गर्नुहोस !