आएका छन् परदेशी घरमा बोलको तिहार गीत सार्वजनिक

अर्घाखाँची। हिन्दुहरुको महान पर्व शुभ दीपावली ( तिहार) लाई लक्षित गर्दै सर्व सम्मान म्युजिक प्रा.लि ले यतिबेला तिहार गीत “आएका छन् परदेशी घरमा” बोलको तिहार गीत सार्वजनिक गरेको छ। जसमा हराउँदै गएको हाम्रो मौलिकता देखाउन खोजिएको छ। गाउँले परिवेशमा भिडियो निर्माण गरिएको हो।यस गीतमा विशेषगरी परदेशिएका दाजुभाइ जम्मा भएर गाउँमा आउँदा रमाइलो गर्ने खालको विषयलाई समावेश गरिएको छ। कृष्ण लामिछाने, अस्मिता बुढाथोकी, मोहित विश्वकर्मा र कृष्ण सुनारको आवाज रहेको यस गीतमा अभिनव चौहानले शब्द सिर्जना गरेका हुन् ।त्यसैगरी कृष्ण लामिछानेकै लय तथा एरेन्ज रहेको यो गीतको अडियो मंगल रेकर्डिङ स्टुडियोबाट तयार पारिएको हो। प्रकाश क्षेत्री, प्रज्ञासी थापा, अभिनव चौहान , दीपक लामा , कृष्ण सुनार र आकृती पोख्रेल लगायत थुप्रै साथीहरुको अभिनय रहेको यस गीतको निर्देशन प्रकाश क्षेत्रीले गरेका छन्।महेश बोहराको छायांकन, आधुनिक राजको नृत्य निर्देशन र राजेश कुमारको सम्पादनमा सर्व सम्मान म्युजिक प्रा.लि.को आधिकारिक युटुब च्यानलमा गीत हेर्न सक्नुहुनेछ।
https://youtu.be/dKxlcLGcK-k

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close