सन्धिखर्कमा पुस २९गतेबाट महोत्सव संचालन हुँदै

सागर महत,सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ।

स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने तथा जिल्लाका पर्यटकिय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्य सहित महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन बाट जानकारी गराइएको छ।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा छैठौं अर्घाखाँची महोत्सव संचालन गर्न लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।

सन्धिखर्कको कुँडुले फाँटमा यही पुस २९गतेदेखि माघ१२ गतेसम्म ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने भएको हो।
मेलामा ३सय५०स्टल रहनेछन् ।जसमध्ये ५०वटा स्टलमा अर्घाखाँचीको स्थानिय उत्पादन राख्ने बताइएको छ।मेलामा करिव ५०हजार दर्शकले अवलोकन गर्ने छ्न भने ५करोडको कारोबार हुने अध्यक्ष मिश्रले बताउनुभयो ।

 

महोत्सवको लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले उदघाटन गर्ने बताएको छ।महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको पस्तुती समेत रहने छ।

कार्यक्रममा अर्घाखाँची उद्योग वाणिज्य संघ अर्घाखाँचीका पुर्व अध्यक्ष युवराज श्रेष्ठ,पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य राखेको कार्यक्रम उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव तुल्सीराम खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close