नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्व अर्घाखाँची कांग्रेस भातृ संस्थाहरुको प्रदर्शन

अर्घाखाँची ।एमाले सचिव तथा पूर्व उपप्रधान टोपबहादुर रायमाझीको गृह जिल्ला अर्घाखाँचीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाउने संगठित अपराध विरुद्वमा अर्घाखाँची नेपाली कांग्रेसको भातृ संस्थाहरुको आयोजनामा संयुक्त विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले नारायण हरी हरी,टोप बहादुरको रुप थरी थरी, मान्छे बेच्न तिमिलाई कस्ले सिकायो, ठुला माछा छोपिदेउ–जेलभित्र कोचिदेउ, भ्रष्ट जनप्रतिनिधी मुर्दावाद, मान्छे बेच्न पाईदैन–यस्ता जनप्रतिनिधी चाहिदैन, भ्रष्टचारमा दोषी देखिए, मेरै बा–आमालाई पनि नछोड, ठुला माछा छोपिदेउ, जेलभित्र कोचिदेउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विरोध प्रदर्शन सदरमुकामको केहि बजार परिक्रमा गरि शान्ति बगैंचामा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गदै कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान ) ले देशको मुख्य परिवर्तनमा भुमिका खेल्ने युवा माथी नै ठगी गर्नु सबै भन्दा ठुलो अपराध भएको बताउनुभयो।जनताको सेवामा लाग्ने व्यक्तीहरुले नै नेपाली नागरिकलाई अनागरिक बनाउने त्यसमा पनि ठुलो रकममा कमिसन बुझ्नेल भष्ट्रचारको खोल ओडेको आरोप लगाउनुभयो। भष्ट्रचार गर्ने जो सुकै लाई पनि कार्वाही गर्नु पर्ने सहमहामन्त्री खनालको भनाइ छ ।
जिल्ला सभापति केशव श्रेष्ठले जिल्लाका अन्य विकास निर्माण काममा पनि भष्ट्रचार भएको हुन सक्ने भन्दै यस विषयमा सबै सजक भएर लाग्ने समय आएको बताउनुभयो। उहाँले भ्रष्टाचारीहरुको खुलेर प्रतिवाद गर्नुपर्ने उहाँको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रमुख योजनाकार टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे अर्घाखाँचीका हुन्।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close