अर्घाखाँचीःसमुदायमा कांग्रेस कार्यक्रम भुमिकास्थानको ढिकुरामा सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थन नगरपालिका वडा नम्बर ९ ढिकुरामा आज समुदायमा कांग्रेस कार्यक्रम सम्पन्न भएको छ ।समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने अन्तर्गतको कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेस सभा ( क ) राजेश पन्थी, प्रदेस सभा ( ख ) का सभापति हेमन्त बेल्वासे नेपाली ,जिल्ला सदस्य हरि प्रसाद दमासे भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का सभापति तिर्थराज घिमिरे कांग्रेस प्रदेस सभा ( ख ) का सदस्य नेता उमेश घिमिरे,पुर्व जिल्ला सदस्य ज्ञानबहादुर बिक लगायतका स्थानिय नेताहरुको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !