चिम्नी सोलार डायर निर्माण सम्बन्धि तालिम सन्धिखर्कमा सुरु

सन्धिखर्क ।फरवाड नेपालको आयोजनामा बागवानी व्यवसाय प्रवर्द्धन मार्फत युवा उधमीको सशक्तीकरण (युवा)कार्यक्रम अन्तर्गत चिम्नी सोलार डायर निर्माण सम्बन्धि २दिने तालिम सन्धिखर्कमा सुरु भएको छ ।कार्यक्रममा प्रमुख अन्वेषक रिषीकेश ढकालले प्रशिक्षण दिनुभएको हो । उहाँले सोलार डायर निर्माण भनेको अर्घाखाँचीमा नयाँ प्रविधि हो ।यसको परिक्षणमा हामी लागेका छौ ।यसको प्रयोग गर्न सके कम लगानीमा कृषी उपज कुहिनेबाट बचाउन सकिने बताउनुभयो । व्यवसायी र किसानलाई पनि निकै प्रभावकारी हुने बताउनुभयो ।काठ र प्लाष्टीकबाट निर्माण हुने चिम्नी सोलार डायरले घामको तापक्रम चाहिन्छ ।जसलाई हरेक नागरिकले प्रयोग गर्न सक्छन ।
कार्यक्रका निर्देशक तिर्थ तिमिल्सेना,सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टाराई लगायतले पनि कार्यक्रमको बारेमा सहजीकरण गर्नुभएको फरवाड नेपालका अर्घाखाँची फिल्ड अधिकृत नोमराज पौडेलले जानकारी दिनुभयो ।यो कार्यक्रममा दाङ कपिलवस्तु लगायतका क्षेत्रमा लागु भएका क्षेत्रबाट प्रतिनिधि मुलक सहभागीता रहेको थियो ।अर्घाखाँचीको सन्धिखर्क, दाङको तुल्सीपुर र कपिलबस्तुको बुद्वभुमीमा यो कार्यक्रम लागु भएको छ ।
कमेन्ट गर्नुहोस !