अर्घाखाँचीमा बुधबार आउनुभएका प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा पत्रकारहरुसंग भेटघाट कार्यक्रम

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा सरुवा भई कार्तिक ३ गते आउनु भएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आज पत्रकारहरु संग भेटघाट कार्यक्रम गर्नुभएको छ ।भेटघाट कार्यक्रममा जिल्लाको पछिल्लो गतिविधी बारे अन्तक्रिया समेत भएको हो।पत्रकारले जिल्लाको गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक १३ वर्ष देखि सन्धिखर्कमा निकास पाउन नसकेको र जग्गा अतिक्रमण ,चुनढुङ्गा उत्खन लगायतका विषयमा जिज्ञासा राखेका थिए ।पत्रकारहरुको जिज्ञासाको विषयमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सबै संग सहकार्य गरि काम गर्न तयार रहेको बताउनुभएको छ । साथै जिल्लाको शान्ति सुरक्षा,विकास निर्माणका काम, अनियमितता लगायतको विषयमा चनाखो भएर काम गर्ने समेत बताउनुभएको हो ।

कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संचालनमा संचालन भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापा ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close