मध्यरातमा सन्धिखर्कको बाँगीखोला आसपासका बस्ती डुबान

सागर महत/ अर्घाखाँची ।अविरल बर्षाका कारण आएको बाढीले अर्घाखाँचीको सन्धिखर्क बाँगी खोला आसपासका केही बस्ती डुबानमा परेका छन् ।खोलामा ३७ वर्ष यताकै ठूलो बाढी आएपछि बस्ती डुबानमा परेका हुन भने केहि घर पहिरोको जोखिममा परेका छन् ।यस्तै बाँगी खोलाले दुइ वटा फलामे पुल बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क नगरपालिकाको पहलमा विभिन्न बस्तीमा पसेको खोला र अवरुद्व सडक खुलाउने काम भैरहेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।खोलाले विद्युतका केही पोल बगाउँदा तारहरु छरपष्ट भएका छन ।
कमेन्ट गर्नुहोस !