रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा तीन जनाको मृत्यु

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आज भएको झडपमा तीन जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणहरुमध्ये तीन जनाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी सुनिल गुरुङ्गले जानकारी दिएका छन् ।जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो ।ज्यान गुमाउनेमा सबै सर्वसाधारण रहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियार रहेका छन् ।झडपमा परि करिव ३१ जना घाइते भएको बताईएको छ ।यस्तै बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरु र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा दिन प्रहरीले गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।
कमेन्ट गर्नुहोस !