अर्घाखाँचीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा २ जना गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार ३ सय ५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ४ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार १ सय ७० पुगेको छ जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। अब सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३ रहेको छ । सन्धिखर्क नगरपालिकामा ४६ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ८ जना,पाणिनी गाउँपालिकामा ३४ जना र छत्रदेव गाउँपालिकामा ५ जना गरि १ सय ३ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ८३ रहेको छ ।
कमेन्ट गर्नुहोस !