कांंग्रेसको महाधिवेशन अन्तर्गत जिल्ला र केन्द्र सम्म सहमतीको आधारमा नेतृत्व चयन गर्नु प्रर्छःसचेतक निर्मला क्षेत्री

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँची शाखाको नगर तथा गाउँपालिका अधिवेशन अन्तर्गत मालारानी गाउँपालिकामा सर्वसम्वत नेतृत्वको लागि अहिले छलफल भैरहेको बताइएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले पार्टीको १४ औं महाधिवेशनबाट अधिकामश स्थानमा पालिका स्तरमा सर्वसम्वत भएकाले जिल्ला देखि केन्द्र सम्म पनि सहमती सहकार्य गरि कांग्रेस लाई कुनै गुट भन्दा पनि सहमति सहकार्यका नेतृत्व चयन गर्नु पर्नेमा जोड दिनुभएको छ ।मालारानी गाउँपालिकाको कांग्रेसको अधिवेशनको उद्घाटन सत्रमा क्षेत्रीले यस्तो बताउनुभएको हो ।
यस्तै कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान )ले कांग्रेस अर्घाखाँची लाई एक ढिका बनाइ जिल्लामा नमुना पार्टी गराउन लागि परेको बताउनुभयो ।
जसको लागि पुन सभापतिमा आफ्नो उम्मेदारी रहेको बताउनुभएको हो ।कार्यक्रममा मालारानी गाउँपालिका कांग्रेस सभापति सोभाखर खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !