दाहालको राजनीतिक यात्रा समाप्त हुन थाल्योःनेता महेश बस्नेत

सागर महत/ अर्घाखाँची ।
नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोे राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गर्नु भएको छ ।

अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालले राजनीतिलाई नकारात्मक बाटोमा धकेलेको आरोप लगाउनुभयो ।सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेर पुष्पकमल दाहाल र माधव नेपालको मुख बनेको उहाँको आरोप छ ।

कार्यक्रममा नेता टोपबहादुर रायमाझीले फुटेर सानोसानो हुँदै गएका पार्टी विस्तारै विलय भएर जाने बताउनुभयो । उहाँले दाहालले प्रधानमन्त्री पद नपाउँदा पार्टी फुटाएको जिकिर गर्नुभयो ।कार्यक्रममा केन्द्रीय सदस्य नजिर मिया,चन्द्रबहादुर खड्का,बोमबहादुर विक,प्रदेश सचिवालय सदस्य चेतनारायण आर्चाय, रामजी प्रसाद घिमिरे,जालपा भुसाल,जिल्ला उपाध्यक्ष जिवनारायण कोइराला,सचिव तोजबहादुर रायमाझी लगायले मन्तव्य राख्नुभएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close