एकीकृत समाजवादी अर्घाखाँची-काठमाण्डौं सम्पर्क मन्चको भेला आज

सबैको सन्देश/ काठमाण्डौं ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी अर्घाखाँची काठमाण्डौं सम्पर्क मन्चको प्रथम भेला तथा कमिटी रुपान्तरण कार्यक्रम काठमाण्डौंको बानेश्वर स्थित अर्याल होटलमा आज शनिबार हुदैंछ । कार्यक्रममा पार्टीमा आस्था राख्ने सबैको उपस्थिति रहने एकीकृत समाजवादीका युवा नेता सुशिल भट्टराईले सबैको सन्देशलाई जानकारी दिए ।
भेला अर्घाखाँची जिल्लालाई नेकपा एकीकृत समाजवादीको लालकिल्लामा परिणत गर्न सफल हुने भन्दै अर्घाखाँचीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले सामाजिक सन्जालमा सफलताको शुभकामना व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस !