अर्घाखाँचीको पाणिनिमा १० बुदे घोषणा पत्र सार्वजनिक गदै मिडिया सम्मेलन सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनि गाउँपालिकामा १० बुदे घोषणा पत्र सार्वजनिक गदै मिडिया सम्मेलन सम्पन्न भएको छ । पाणिनि पत्रकार समाज नेपालको आयोजनामा भएको सम्मेलनले पत्रकारको क्षमता अभिवृद्वी तथा मिडिया संचालनमा सहकार्य गर्ने भएको छ । यस्तै मिडियाको आम्दानीको विस्तार गर्न स्थानीय,प्रदेश र संघ सरकार संग माग गर्ने भनिएको छ ।जिल्लाका पर्यटकीय स्थलको विकास गर्न हातेमाले गर्ने,विज्ञापन समानुमातिक तरिकाले वितरण भन्ने विषयलाई पनि पाणिनि तपोभुमि घोषणा पत्रमा समावेश गरिएको हो ।पत्रकारिताको माध्यमबाट जनतालाई सुसुचित गराउदै समग्र जिल्ला र देशको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने मिडिया हाउसहरुको अवस्था धरासायी हुँदै जानु , केही सिमित ब्यक्ती र एजेन्सिहरु मात्र मोटाउने अवस्था आएकोमा सम्मेलनले आपत्ति जनाएको छ् ।
सम्मेलनले मिडिया लोककल्याणकारी बिज्ञापनको पारदर्शी बितरण , एजेन्सिहरुको उचित नियमन गर्दै मिडिया हाउस र श्रमजिवी पत्रकारहरुको शहज जीवन यापनको माग गरिएको छ ।घोषण समितिका संयोजक श्याम घिमिरेले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नरमदा पौडेल,पुर्व अध्यक्ष अच्युत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम,२ का वडा अध्यक्ष चन्द्रकान्त पौडे्ल र पत्रकारहरुको सहभागीतामा थियो ।कार्यक्रम पाणिनि पत्रकार समाजका प्रकाश बेल्बासे प्युठानिको अध्यक्षता महासचिव भिम विश्वकर्माको संचालनमा सम्पन्न भएको हो।

उदघाटन कार्यक्रम लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीले गर्नुभएको थियो ।ग्रामीण क्षेत्रमा बस्तीमा सडक पुर्याउन नसक्दा त्यहाँ नागरिकले समस्या भोग्दै आएको बताउनुभएको हो।पाणिनी तपोभुमिमा अलपत्र भवन आफ्नै कार्यकालमा निर्माण गरि पर्यटक आगमनमा सघाउने बताउनुभएको थियो ।
यस्तै जब सम्म मिलिजुली सरकार बन्छ तब सम्म विकास निर्माणका कामले जनताले चाहे अनुसारको परिवर्तन नहुने बताउनुभयो। परिवर्तन र नयाँ आयम ल्याउनको लागि जनता र नेता पनि सचेत हुने समय आएको मन्त्री चौधरीको भनाइ थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close