सुनसान सन्धिखर्क बजारमा केहि दिनयता चहलपहल

अर्घाखाँची ।कोरोना महामारीका कारण बन्द र सुनसान बनेको सन्धिखर्क बजारमा चहलपहल सुरु भएको छ ।केहि दिन अघिदेखि जिल्ला प्रशासनले बजार खोल्न दिने निर्णय गरेपछि यहाँका बजार पसलमा चहलपहल बढेको हो ।बजारमा चहलपहल बढेपछि हिन्दु महिलाहरुको महान पर्व तिजका लागि किनमेल गर्नेहरुको भिड लागेको छ ।सुनसान जस्तै बनेको सन्धिखर्क बजार निषेधाज्ञा खुकुलो बनाइएका कारण जिल्लाका ग्रामीण बस्तीबाट किनमेलका लागि आएका छन् ।यता निषेधाज्ञा खुले पनि कोरोना संक्रमणको त्रास झन बढेको छ ।जिल्लामा पछिल्लो केहि दिन यता विभिन्न कार्यक्रममा भिडभाड बढ्न थालेपछि कोरोनाको जोखिम कायम रहेको छ । प्रशासन कार्यालयले भने नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्न आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !