गणतन्त्र दिवसको अबसरमा मन्त्री राणाको शुभकामना संदेश

सुर्य प्रसाद भुसाल ,जेठ १५अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकारका शहरी बिकाश तथा खानेपानी मन्त्री रोज राणाले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राणाले बिहिवार देशमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १८ वर्ष लागेको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १८ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेश साथै हाम्रो लुम्बिनी प्रदेश मा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
मन्त्री राणाले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close