नेकपा माओबादी सत्तामा रहेमात्र देशको परिवर्तन हुन्छःआचार्य

अर्घाखाँची ।नेकपा (माओबादी केन्द्र)सत्तामा रहे मात्र देशको परिवर्तन हुने भएकाले सत्तामा दायाँ बाया बाट रहीरहुन पर्ने आवश्यक रहेको माओवादीका केन्द्रिय सदस्य डिलाराम आचार्यले बताउनुभएको छ । माओवादी सत्तामा नरहेमा देशको हरेक क्षेत्र पछि पर्ने समेत बताउदै सेवा सुविधा भन्दा पनि देशको हरेक क्षेत्रमा समावेशी नेतृत्वमा आवश्यक रहने बताउनुभयो ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पे्रस सेन्टरले राखेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । यस्तै नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य ठाकुर कुमार विक (किशोरं)ले एमाले सचिव टोपबहादुर रायमाझी अवसरवादी रहेको बताउनुभएको हो ।
यस्तै नेकपा माओवादी केन्द्रकि जिल्ला इन्चार्ज शुसीला श्रीपालीले अर्घाखाँचीका सबै स्थानिय तह तथा वडाहरुमा गठबन्धन हुने बताउनुभयो । कार्यक्रमा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसाल ,पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम प्रेस सेन्टर नेपाल प्रदेश सदस्य रमिता नेपालीको अध्यक्षता , प्रेस सेन्टर नेपालका सचिव बसन्त कुमार विकको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !