दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु

दाङ।दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षीया बसन्ती कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
जलेर घाइते कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्मरदेखि मुनिको अधिकांश भाग जलेको थियो। घाइते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो।
कमेन्ट गर्नुहोस !