अर्घाखाँचीमा २ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ३७ रहेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार९ सय ५८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अब जिल्लाभरमा ९८ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।सन्धिखर्क नगरपालिकामा ४३ जना,भुमिकास्थान नगरपालिकामा ७ जना,शितगंगा नगरपालिकामा १० जना,मालारानी गाउँपालिकामा २६ जना,पाणिनी गाउँपालिकामा ९ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ९८ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।
कमेन्ट गर्नुहोस !