नेपाल दलित संघ अर्घाखाँचीको नयाँ नेतृत्व चयन

लक्ष्मण घिमिरे,साउन १७अर्घाखाँची ।

नेपाल दलित संघले जिल्ला कार्य समितिलाई पुर्णता दिएको छ ।नेपाल दलित संघका जिल्ला अध्यक्ष राजेन्द्र बिकको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यिय कार्यसमिति विस्तार गरेको हो । जसको उपाध्यक्षमा सृजना बिक, सचिवमा नारायण सुनार, सहसचिवमा दिपक बिक, कोषाध्यक्षमा तारा परियार चयन भएका छन् । सदस्यहरुमा विकास नेपाली, मिन विश्वकर्मा, राम बहादुर दर्जी, गोपाल विश्वकर्मा, भक्त बहादुर विश्वकर्मा, कमला परियार, भगवता पाण्डे बिक र लक्ष्मी नेपाली चयन भएका छन् ।

यस्तै राम बहादुर परियारको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । जसको सहसंयोजकमा निम बहादुर बिक, सदस्यहरुमा चुमकला विश्वकर्मा, राम बहादुर दर्नाल र टोपेन्द्र बराईली रहेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल दलित संघ जिल्ला कार्य समितिले पुर्णता पाएसंगै जिल्लाभर विभिन्न गतिविधी गर्नेगरी योजना बनाउने जिल्ला अध्यक्ष राजेन्द्र बिकले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close