अर्घाखाँचीमा हराइकी बालिका फेला परिन

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराकी हराएकी साबित्रा पोख्रेल फेला परेकिछन ।
(हिजो) सुक्रबारदेखि हराइकी १३ वर्ष कि बालिका लाई जिल्लाको पाणिनी गाउँपालिकाको वडा नम्बर ७ ढाबामा प्रहरी र स्थानीयको पहलमा खोजी गर्ने क्रममा फेला पारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सुक्रबार दिउँसो करीब २ बजे साथीको मा किताब छोड्न जान्छु भनी हिंडेकी र सम्पर्कमा नआएको परिवारले खोजी गर्न सबैमा आग्रह गरेका थिए ।सोहि अनुसार सबै क्षेत्र बाट खोजि कार्य गरिएको थियो ।फेला परेकी बालिका लाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले साबित्राको बुबा पित्ताम्बर पोखरेल लाई जिम्मा लगाएको छ ।यस्तै बालिका किन त्यहा पुगिन भन्ने बारे खुलाइएको छैन् ।
कमेन्ट गर्नुहोस !