मृगौला पिडित गन्धर्वलाई जागौँ नेपाल प्रवास समिति र जागौँ नेपाल साउदी शाखाद्धारा आर्थिक सहयोग

भावना मगर/ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानी निवासी मूगौला पिडित शिव गन्धर्वलाई अर्थिक सहयोग मिलेको छ । जागौँ नेपाल प्रवास समिति र जागौँ नेपाल साउदी शाखाबाट उहाँलाई नगद १६ हजार आर्थिक सहयोग मिलेको हो । जागौँ नेपाल प्रवास समितिका प्रवतmा अभिषेक खरेलबाट नगद १० हजार र जागौँ नेपाल साउदी शाखाका अध्यक्ष पुण्य खनालबाट प्राप्त भएको नगद ६ हजार गरि जम्मा नगद १६ हजार रकम आर्थिक सहयोग प्राप्त भएको हो । उक्त रकम आज आर्थिक सहयोग कार्यक्रम मार्फत अभिषेक खरेलले शिव गन्धर्वलाई हस्तान्तरण गर्नुभएको हो।
दुवै मृृगौलाले काम गर्न छाडेपछि गन्धर्वलाई अहिले उपचारका लागि समस्या भएको छ । उहाँको उपचारको लागि विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्दै आएका छन् । आर्थिक सहयोग कार्यक्रममा पत्रकार रुद्रमणी भुसाल ,गुरुदेब खनाल ,समाजसेवी नारायण गैरे लगायतको उपस्थिति रहेको थियो। यो संस्थाले आर्थिक अभावका कारण उपचारमा समस्या परेका विभिन्न जिल्लाका मानिसलाई सहयोग गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस !