पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौं ।नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल ,खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।.निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।भारतबाट मूल्य बढेर आएको जनाउँदै आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १सय३० रुपैयाँ पुगेको छ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १सय१३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४सय५० रुपैयाँ पर्नेछ।
कमेन्ट गर्नुहोस !