राज्यमन्त्री सिर्पालीद्वारा सन्धिखर्कको एक विद्यालयमा वासिङ मेसिन प्रदान

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयलाई आज एक कार्यक्रमका वासिङ मेसिन हस्तान्तरण गरिएको छ।संस्कृत, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सुस्त मनस्थितिका विद्यार्थी अध्ययनरत विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण गर्नुभएको हो ।
राज्यमन्त्री सिर्पालीले १० किलो क्षमताको मेसिन विद्यालयलाई प्रदान गर्नुभएको थियो । विद्यालयमा २४ जना बौद्धिक अपाङ्गता अतिजन भएका विद्यार्थीहरूले आवाससहित पठनपाठन गर्दै आएका छन् । विद्यालयको तर्फबाट प्रधानाध्यापक कमला भुसालले वासिङ मेसिन प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !