सुत्केरीको मृत्युपछि अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट बस्यालमाथी कुटपिट,आईसियुमा उपचार हुँदै

बुटवल । बुटवलको दिपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)का मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथी सांघातिक आक्रमण भएको छ।
अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि उत्पन्न तनाव समाधन गर्न बार्ता भई रहेको अवस्थामा बस्याल माथी आक्रमण भएको हो।मंगलबार गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया भवानी रास्कोटीको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चा सकुशल जन्मिए पनि आमाको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तहरुले छलफल चलिहरेका बेला मेसुलाई कुटपिट गरेका हुन् ।
मृतकका आफन्तको आक्रमणबाट गम्भिर घाईते भएका डा .बस्यालको अवस्था गम्भिर भएपछि गएराती २ बजेबाट लुम्विनी प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसियु)मा उपचार भई रहेको छ।
प्रहरीले घटनामा सम्लग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस !