विष्णु बरालको यसपालिको तिजमा नाची देउ सबैको मेख मारी बोलको तीज गीत बजारमा

अर्घाखाँची। यतिबेला नेपाली गीत संगीतको बजारमा तीज गीतहरु धमाधम आइरहेका छन्।लोक प्रियताको हिसाबले कति गीत चर्चित छन् त कति गीतहरु ओझेलमा पनि छन्। त्यसैगरी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १ बिसाउनामा जन्मिएका लोक तथा दोहोरी गायक विष्णु बरालको कोसेली “नाची देउ सबैको मेख मारी” बोलको तीज गीत सार्वजनिक भएको छ। लोक तथा दोहोरी गायक विष्णु बरालको लय/ शब्द सिर्जना ,विष्णु बराल, विष्णु शेर्पाली, खिमा बिसि र सुवास बिसिको सुमधुर आवाज रहेको यस गीतमा विष्णु बरालकै निर्देशन, योग ठकुरीको छायांकन तथा सम्पादन त्यसैगरी निर्मला जिएम, जोगिन्दर कौशल,शिशिर परियार , सीता कुमाखी लगायतको अभिनय देख्न सक्नुहुनेछ। गीत आज बिहान नेपाली आँगनको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको हो।जसलाई हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला।
पूरा भिडियो
कमेन्ट गर्नुहोस !