निजी आवास पुनर्निर्माणमा ९०प्रतिशत भन्दा बढी वित्तीय प्रगति

काठमाण्डौं ।आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्। मंगलबार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् ।त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् । यस अवधिमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा साँस्कृतिक सम्पदा र९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको छ ।
निजी आवासतर्फ विनियोजित कूल बजेट रु. २३ अर्ब ८४ करोड ८८ लाखमध्ये रु. २१ अर्ब ५६ करोड ८ लाख रुपैयाँ खर्च भएको छ जुन ९०.४१ प्रतिशत हो । समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको पनि प्राधिकरणले जनाएको छ ।
वार्षिक समीक्षामा कोराना माहामारीका कारण गत आर्थिक वर्षको अन्तिम साढे दुई महिना काम रोकिँदा निजी आवासलगायत पुनर्निर्माणका कतिपय कार्य सम्पन्न गर्न नसकिएको, केही बजेट फ्रिज भएको, सहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको, जग्गा अभावका कारण केही विद्यालय पुनर्निर्माणमा समस्या देखिएको औंल्याइएको छ।
कमेन्ट गर्नुहोस !