कांग्रेस ढिकुराको वडा सम्मेलन सम्पन्न,संगठनलाई बलियो बनाउने निष्कर्ष

रुद्रमणि भुसाल सन्धिखर्क ।
नेपाली कांग्रेस भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरा गाउँ कार्य समितिले दोस्रो वडा सम्मेलन ढिकुरामा सम्पन्न गरेको छ। वडा सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका पूर्व सभापति कमलप्रसाद भुसालले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले नेपाली कांग्रेसको संगठनलाई मजबुत र बलियो बनाउन कांग्रेसले सबै तीन तहकै संरचनामा संगठन विस्तारको कामलाई तीव्र रुपमा अगाडि बढाएको बताउनुभएको छ।
उहाँले वडा सम्मेलन आजै सम्पन्न भएको र क्षेत्रीय , जिल्ला सम्मेलन पनि छिट्टै गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका पूर्व सभापति कमलप्रसाद भुसालले जनमत राम्रो हुँदाहुँदै पनि वडा नम्बर ९ भूमिका स्थानमा पराजय हुनुपरेकोले अब कांग्रेस गुट र उपगुट त्यागेर एक ढिक्का भएर पार्टीलाई जिताउन ८४ मा सबै कार्यकर्तालाई अहिलेदेखि नै लाग्नुपर्ने बताउनुभयो । संगठन बलियो हुँदाहुँदै पनि प्राविधिक कारणले पार्टी हारेता पनि पार्टीको संगठन र विकास निर्माणका काममा कुनै कमी नआएको बताउनुभएको छ ।वडा सभापतिको सक्रियतामा वडा कार्यालय निर्माण खानेपानी स्वास्थ्य शिक्षा लगायतका काममा उल्लेखनीय प्रगति भएको उहाँले बताउनुभयो ।
जिल्ला सदस्य रेमकला खत्री ,क्षेत्रीय सभापति हेमन्त बेलबासे , क्षेत्रीय कोषाध्यक्ष टोपेन्द्र बराली,जीवन घिमिरे , लगायत लगायतले मन्तव्य राख्नुभएको थियो िकार्यक्रममा नेपाल महिला सङ्घ, तरुणदल नेवी सङ्घ, किसान सङ्घ, लगायतका विभिन्न नेपाली कांग्रेससँग आबद्ध क्रियाशील सदस्य गरी झण्डै ३०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस वडा नम्बर ९ का वडा सभापति रामप्रसाद घिमिरे तीर्थको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रम क्षेत्रीय सचिव सुरज रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो । द्रोस्रो वडा सम्मेलनमा नेपाली कांग्रेसमा योगदान गरेका ८० वर्षभन्दा माथिका झण्डै २५ जना वृद्धवृद्धालाई सम्मान गरिएको नेपाली कांग्रेसका वडा सचिव सन्तोष भुसालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !