अफगानिस्तानमा ४१ तालिबानी लडाकु मारिए

अफगानिस्तान सुरक्षाबल र तालिबान लडाकुबीच भएको भिडन्त ४१ जना तालिबानी लडाकु मारिएका छन्। सुरक्षाबल र तालिबान लडाकुबीच ६ दिनसम्म भिडन्त जारी रहेको छ। भिडन्तपछि सुरक्षा बलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहर र अन्य शहर पुनः कब्जामा लिएका छन्। सुरक्षाबलले तालिबान लडाकुबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकु घाइते भएका गृह मन्त्रालयले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस !