सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षको कोरोनाका संक्रमण बाट मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमण बाट मृत्यु भएको छ । ६१ बर्षको उमेरमा आज उहाँको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा मृत्यु भएको हो ।साउन ३ गते अर्घाखाँची अस्पतालमा भर्ना गरिएकोमा थप स्वास्थ्यमा समस्या आएपछि साउन ६ गते हेलिकप्टरबाट उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रधनाध्यापक रहेर अध्यापन पेशा अंगालनु भएका भुसाल शिक्षक पेशाको अबकास पछि वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कमेन्ट गर्नुहोस !