थप २३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि,१९ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ५ सय ८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा ६ लाख ४३ हजार पाँच सय ८० जना र एन्टीजेन विधिबाट गरेको परीक्षणमा ३७ हजार पाँच सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ ।
यस्तै थप १९ जनाले कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो सँगै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ९८ जना पुगेको छ । अहिले नेपालमा २७ हजार सात सय १६ जना सक्रिय सङ्क्रमित छन् ।
कमेन्ट गर्नुहोस !