श्रीमतीको कोदालोले हानेर हत्या

पर्वत ।पर्वतमा श्रिमानले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । घाइते भएकी नेपालीको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ । सार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।मृतक नेपालीका तीन छोरा र दुई छोरी रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close