राष्ट्रिय सभा सदस्य निर्वाचन आज हुँदै

काठमाण्डौं ।राष्ट्रिय सभा सदस्य निर्वाचन आज हुँदैछ। मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो। त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्।

नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ। गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार खडा गरेका छन्।
राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close