राउटे बस्तीमा प्रवेश रोक

सुर्खेत । आज (सोमबार ) देखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्तीमा अन्य व्यक्तिलाई जान रोक लगाएको छ । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।राउटे समुदायका दुई युवतीमाथि शनिबार राति स्थानीय युवाहरूले यौन दुर्व्यवहार गरेका थिए । ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।उक्त भिडियो शनिबार राति भाइरल भएपछि प्रहरीले तीन जनालाई आइतबार प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको थियो ।त्यसपछि राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको हो । हिजो मात्र राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गर्नुभएको थियो ।
‘
कमेन्ट गर्नुहोस !