कांग्रेस नेताद्वारा मालारानी ४मा शोक सभा सम्पन्न

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीका पार्टी सभापति विष्णु प्रसाद खनाल (मुस्कान) का पिता स्वर्गीय गंगाराम खनालको १२ औं दिनको पुण्य तिथीको अवसरमा उहाँकै निवास मालारानी ४ मा शोक सभा सम्पन्न भएको छ । शोक सभामा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुदिन खान,सचेतक निर्मला क्षेत्री , पुश्पा चौधरी र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेस अध्यक्ष राम कुमार क्षेत्री लगायतको सहभागीता रहेको थियो ।
शोक सभामा बोल्ने बक्ताले नेपाली कांग्रेस पार्टी प्रति गहिरो आस्था राख्नु हुने खनालको यहि जेठ ११ गतेका दिन ९१ वर्षको उमेरमा दुखत निधनले एउटा सच्चा कार्यकर्ता गुमाउनु परेकोले उहाँले देखाएको मार्ग दर्शनमा पार्टी लाग्नु पर्नेमा जोड दिएका थिए ।स्वर्गीय खनालको सम्झनामा एक मिनेट मौन धारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेका थिए ।
कमेन्ट गर्नुहोस !